
पोखरा, २३ मंसिर । ३८ औं वार्षिकोत्सवको अवसरमा कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आजबाट वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ ।
साे अवसरमा विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखे, भाईस प्रिन्सिपल मन बहादुर भुजेल, मुकेश कुमार अधिकारीले रेफ्रीलाई बल हस्तान्तरण गरेर कायर्त्रफम सुरू गरेका थिए ।
हरेक वर्ष वार्षिक उत्सवको अवसरमा गर्दै आएका विभिन्न कार्यक्रम मध्य विद्यालयले गर्दै आएको वार्षिक खेलकुद कार्यक्रम आजदेखि तीदिनसम्म संचलन हुने विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले बताए ।

वार्षिक खेलकुद शुभारम्भमा रेड हाउस, ब्लु हाउस, एलो हाउस र ग्रीन हाउसका विद्यार्थीहरु मार्चपासमा सहमागि भएका थिए ।
सो अवसरमा उनीहरुले विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेलाई सलामी अर्पण गरेका थिए ।

खेलकुद कार्यक्रमहरुमा एथलेटिक्स, बास्केटवल, भलिवल, फुटवल लगायतका खेलहरु समावेस गरिएको छ ।
हाम्रो विद्यालय पुष २ गतेबाट ३८ औं वर्ष प्रवेश गर्दैछ । बिदाको दिन पनि भएकोले अभिभावक पनि सरिक हुने भएकोले मंसिर २९ गते ३८ औं वार्षिक उत्सवको कार्यक्रम गरिने जानकारी दिए ।
वार्षिक उत्सवको अवसरमा गर्दै आएका विभिन्न कार्यक्रम मध्य विद्यालयले गर्दै आएको वार्षिक खेलकुद कार्यक्रम पनि एउटा महत्वपूर्ण पाटो भएकोले संचलन गरिएको बताए ।
कायक्रम शुभारम्भ समारोहमा विद्यालयका भाईस प्रिन्सिपल मन बहादुर भुजेल, मुकेश कुमार अधिकारी, शिक्षकहरु लगायतका सहभागि भएका थिए । कार्यक्रम सुरेन्द्र सदिक्षाले संचालन गरेका थिए ।









पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




