नेपाल प्रिमियर लिगः आज पनि दुई खेल हुँदै

-



     सफल आवाज    
     मंसिर ३० गते २०८१ मा प्रकाशित



काठमाडौं, ३० मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पनि दुई खेल हुँदैछन् । पहिलो खेल बिहान सबा नौ बजेबाट काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबीच हुँदैछ ।

दिउँसो सवा एक बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । दुवै खेल त्रिभुवन विश्वविद्यालयको मैदान हुनेछन् । दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो । यसअघिका छ खेलमध्ये काठमाडौँ तीन खेलमा विजयी भएको छ ।

विराटनगर किङ्ग्सले छमध्ये दुई खेलमात्र जितेको छ । पोखराको यो अन्तिम खेल हो । उसले पनि दुई खेलमात्र जितेको छ । सुदूरपश्चिमको भने यो छैटौँ खेल हो । यो टोली चार खेलमा विजयी भएको छ ।