
काठमाडौं, ५ माघ । आईसीसी यु-१९ महिला टी-२० विश्वकप आजदेखि मलेसियामा सुरु हुन लागेकाे छ। आज उद्घाटन खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएकाे छ।
नेपाल र बंगलादेशबीचको खेल दिउँसो पाैन ज्१ वजे सुरु हुनेछ। यस विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेकाे छ। समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड पनि रहेका छन्।
नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ । तेस्रो खेलमा माघ ९ गते अस्ट्रेलियासँग खेल्ने भएकाे छ।
विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् भने समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका रहेका छन्। समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन्।
शनिबार पहिलो खेल अस्ट्रेलिया र स्कटल्याण्डले बिहान ८:१५ बजेबाट खेल्दै छन् । दोस्रो खेलमा सोही समयमा इंग्ल्याण्ड र आरल्याण्ड खेल्दैछन्। अर्को खेल नाइजेरिया र सीमोवाबीच हुने भएकाे छ।
यसअघि पूजा महतोको कप्तान रहेकाे नेपाली टिमले वेस्ट इन्डिजसँग भ्यास खेल खेलेकाे थियो । अमेरिकासँग पाँच विकेटले पराजित भएकाे थियो। नेपाली टिमले चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अभ्यास गरेर मलेसिया गएकाे हाे ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




