
पाेखरा, १० माघ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा एमबी आस्थामगर विजयी भएका छन् । मञ्चको बिहीबार सम्पन्न तेस्रो अधिवेशनले आस्थामगर नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
अर्का अध्यक्षका सुरज श्रेष्ठलाई ९ मतले पछि पार्दै आस्था अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ३६ मत पाए । श्रेष्ठले २७ मत पाए ।
समितिकाे उपाध्यक्ष (समावेशी) मा उमा आलेमगर निर्वाचित भएकी छन्। उनले ३६ मत पाइन् । प्रतिस्पर्धी राधिका कँडेलले २७ मत प्राप्त गरिन् । महासचिवमा पर्शुराम शर्मा विजउी भएका छन् । उनले ३८ मत ल्याए । उनका प्रतिस्पर्धी लक्ष्मी जिसीले २५ मत प्नाप्त गरिन्।
सचिवमा राजु गिरी सर्वाधिक ४१ मत पाएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी कविता घर्तीमगरले २३ मत पाएकी छन्उ उपाध्यक्षमा राजाराम पौडेल र कोषाध्यक्षमा विमल तिवारी निर्विरोध चयन भए ।
उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यहरुमा सर्वसम्मति भएकाे हाे । अध्यक्ष, उपाध्यक्ष (समावेशी), महासचिव र सचिवमा निर्वाचन भएको हो ।
सदस्यहरुमा गीता राना, कृष्ण दवाडी, चेतबहादुर (प्रवीण) थापा, बसबहादुर (वसन्त) शेर्पा, रिखिराम जिसी, विजय नेपाली र बालकुमारी पाैडेल ‘तारा’ चयन भएका छन् ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




