
कास्की, २९ माघ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबलको २४ औँ संस्करणमा पहिलो पटक सहभागिता जनाएको उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
सहारा क्लब पोखराको आयोजनामा यही माघ २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा अर्को विदेशी टोली भारत सिक्किम थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० गोलको फराकिलो अन्तरले हराउँदै ब्ल्याक बुल्सले अन्तिम चारमा स्थान बनाएको हो ।
पहिलोपटक पोखरा आएर खेलको ब्ल्याक बुल्सले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । खेलको ३८ औँ मिनेटमा ब्ल्याक बुल्सले स्लोमजोन अब्दुकोडिरोभको गोलबाट खेलमा अग्रता बनाएको थियो । उनले पेनाल्टी क्षेत्रबाट सुन्दर गोल गरेका थिए ।
खेलमा फर्किन सङ्घर्ष गरिरहेको थण्डरबोल्टलाई खेलको ७३ औँ मिनेटमा उज्वेकिस्तानका साइमोल दभ्लातजोनोभले अर्को गोल थप्दै निरास बनाए । त्यसको दुई मिनेटपछि बल्कात्जोन साटरोभले गोल गर्दै फराकिलो अन्तरको जित निकाल्स सफल भए । ब्ल्याक बुल्सले सेमिफाइनलमा नेपालको थ्रीस्टार क्लबसँग फागुन १ गते खेल्नेछ ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बुधबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज क्लबका बीच हुने आयोजकले जनाएको छ । यही फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रू १२ लाखसहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले रू छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।
यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रू २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउने छन् ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




