
पोखरा, ३ फागुन। नेपाल खेलकुद पत्रकार मन्च गण्डकीले फुटबल रिपोर्टिङका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । मन्चले न्युरोडस्थित नोबेल एकेडेमीमा शुक्रबार फुटबल रिपोर्टिङका विषयमा अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा एन्फा कम्पिटेसन डाइरेक्टर सन्जिव मिश्र, खेल पत्रकार हिमेश र प्रकाश तिमल्सिनाले आफ्नो अनुभव सुनाएका थिए । एन्फा कम्पिटेसन डाइरेक्टर मिश्रले प्रतियोगिताको टाइसिटका विषयमा जानकारी गराएका थिए ।
खेल पत्रकार हिमेश र तिमल्सिनाले फुटबलको क्रेजलाई कायम राख्न पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताए । आहा रारा पोखरा गोल्डकपमा दर्शनको चाम बढाउन भूमिका खेल्न उनीहरूले आग्रह गरे ।
सहभागीले मोफसलका समस्या सुनाएका थिए । मन्चमा अध्यक्ष एमबी आस्थाले अन्तरक्रिया कार्यक्रमले फुटबल रिपोर्टिङमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




