भारतीय क्रिकेटर विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा

-



     सफल आवाज    
     वैशाख २९ गते २०८२ मा प्रकाशित



नयाँदिल्ली, २९ वैशाख। भारतले इङ्ल्यान्ड भ्रमणका लागि आफ्नो टोली घोषणा गर्नुभन्दा केही दिनअघि महान ब्याट्सम्यान विराट कोहलीले सोमबार टेस्ट क्रिकेटबाट तत्काल सन्न्यासको घोषणा गरे।

एक सय २३ खेलमा ४६ दशमलव ८५ को औसतमा नौ हजार दुई सय ३० रन बनाएका कोहलीले भारतीय कप्तान रोहित शर्माले आफ्नो टेस्ट करियर समाप्त गरेको पाँच दिनपछि इन्स्टाग्राममा यो निर्णय पोस्ट गरे ।

सन् २०११ मा पदार्पण गरेदेखि कोहलीले ३० शतक र ३१ अर्धशतक बनाए । उनको उच्चतम स्कोर २५४ नटआउट थियो ।