
पोखरा, २८ असार । रेडियो अन्नपूर्ण ९३.४ मेर्गाहर्जले आफ्नो स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भ तथा २१२ औं भानु जयन्तीको अवसरमा शनिबार पोखरामा ‘सम्झनामा आदिकवि’ विशेष कविता वाचन सम्पन्न गरेको छ ।
कार्यक्रममा ९ जना कविले पद्य तथा गद्यमा कविता प्रस्तुत गरे । कविता वाचन गर्ने कविहरुमा संयोग बस्यालले बाचिन्छ आरामले र करुणा प्रस्तुत गरे । कवि शुरेस रानाभाटले माटोको वासना तथा लालुपाते शिर्षकको कविता सुनाए ।
यस्तै केआर ढकालले पर्ख र सस्तो पसल, संजिव पौडेलले विज्ञप्ती मुर्दावाद र जानेहरु, रमा खतिवडाले भानुभक्त र असारे झ्याउरे कविता सुनाईन् ।
कवि रुपिन्द्र प्रभावि जोशीले प्रतिबिम्ब र सास्ति कविता सुनाए । कवि निकेश गिरीले भानुको आत्म सम्मान र फौजि ढलेपछि शिर्षकको कविता प्रस्तुत गरे ।
कवि सरस्वती श्रेष्ठ सरुले सम्झनामा भानुभक्त र सुखको खोजिमा, डा.जगन्नाथ रेग्मीले म मुर्ख र मदियम नगरम् अर्थात मेरो नगर शिर्षकको कविता वाचन गरे ।
प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति सूर्य खड्का बिखर्चीले भानुप्रति समर्पित कविता सुनाउँदै नेपाली साहित्य, संस्कृति, संस्कार र धर्मको रक्षाका लागि सबै लाग्नु पर्नेमा जोड दिए ।
विशेष अतिथि, प्राज्ञ, विम्बकवि रमेश श्रेष्ठले एक दशक बढी रेडियोमा कविताको देश कार्यक्रम संचालन गरेको र कविताका विविध पक्षहरुको स्मरण गरे । उनले भने, २०५८ सालमा कविताको देश कार्यक्रम सुरु गर्दा मैले भूपि शेरचनको कविताबाट सुरु गरेको थिएँ।
सो अवसरमा श्रेष्ठले कविता जन्माउनका लागि कविमा प्रगतिशिल बिचार हुनुपर्ने नत्र कवि बन्न नसकिने जिकिर गरे । प्रगतिशिलताले खेलनमा नयाँ नयाँ कविताहरु लेख्न हुटहुटि जगाईरहन्छ, उनले भने, सुन्दर कविताको सर्जक ईश्वर भएको र भ्रमहरु यसबाट टाढा रहेको बताए ।
कर्याक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्किले हाम्रा पूर्वजहरुमै उद्यमशिलताको सोंच लेखनको कला भएको भानुका कविता वा उहाँमाथिका लेखनहरुबाट प्रस्ट भएको बताए । उनले साहित्यले उद्यमशिलताको विकासका लागि अभिप्रेरित गरेकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा भानु वाङ्मय प्रतिष्ठानका सचिव तथा साहित्यकार अम्विकाप्रसाद भट्टराईले तनहुँको चुँदी रम्घामा १८७१ असार २९ मा जन्मेका र १९२५ मा धर्ति छोडेर गएका भानुको कवित्वका विविध पक्षहरुको चर्चा गरे । भानुले राष्ट्रिय एकता र भाषिक एकताको रुपमा काम गरेकोले उनलाई भाषिक एकताको प्रतिकको रुपमा लिईएको बताए ।
अहिले ४ कक्षादेखि विद्यावारिधिसम्मका विद्यार्थीका लागि भानु अध्ययनको केन्द्र बनेको बताए । भानुका कवितामा श्रमजिविका प्रेरणाका कुराहरु, अधिकारका कुराहरु, उद्यमशिलताका कुराहरु नेपाली आफ्नोपनको स्वाद पाईने बताए ।
वाल्मिकीको संस्कृतको रामायणलाई नेपाली अनुवाद गरेर प्रख्याती कमाएका भानुले फुटकर कविता, गिरधारी भाटमाथिको लेखन, घाँसीको कुरा, वधुशिक्षा लगायतका सिर्जना गरेको बताए । उनले भने, समस्टिमा भन्नु पर्दा भानुले लोकको हितको कुरा गरेको बताए ।
कार्यक्रममा कविता वाचनमा सहभागि भएका कविहरुलाई रेडियोका संस्थापक अध्यक्ष विश्वशंकर पालिखे, प्रवन्ध निर्देशक सुनयना पालिखेले मायालको चीनो प्रदान गरे । सो अवसरमा पालिखेले रेडियो स्थापनासंगै सामाजिक, सांस्कृतिक, साहित्यिक, भाषा, कला र जनजिविकाका सवालहरुलाई उठाईरहेको बताए । उनले भो भने, हामीलाई थाहा छ यो कमाउने क्षेत्र होईन्। संचार क्षेत्र सेवामूलक क्षेत्र भएकोले जनताकालाई सुसूचीत गर्न र अफ्ठेरो परेको बेलामा सारथी बन्न कुनै कसर बाँकी नराखेको र भविष्यमा पनि नराखिने बताए ।
यसअघि कार्यक्रममा सहभागिहरुलाई कार्यक्रम संयोजक सरला लामिछाने ‘सरु’ले स्वागत गरेकी थिईन् भने संचालन कञ्चन थापाले गरेकी थिईन् ।








काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन…
काठमाडौं, ६ मंसिर। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिको मुनाफाबाट बैंक तथा वित्तीय… 




