
सफल मिडिया हाउस प्रालिद्वारा संचालित राष्ट्रिय न्युज पोर्टल सफल आवाज डटकम (www.safalawaj.com) आजबाट छैठाैं वर्षमा प्रवेश गरेको छ । यस सुखद क्षणमा सफल आवाजको सहयात्री बन्नुभएका आदरणीय पाठकवर्ग, विज्ञापनदाता तथा सहकर्मी साथीहरूप्रति हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्दछाैं।
हामीले ५ वर्षअघि काेभिड महामारीकाे असहज परिवेशमा सुरु गरेको अनलाइन यात्रा उपयुक्त थियो भन्ने कुरा अहिले सूचना प्रविधिमा आएको वहार र यसप्रति नागरिकहरूमा बढेकाे आकर्षणले सावित गरिदिएको छ । अबको भविष्य पनि अनलाइन पत्रकारिता नै हो र सूचना तथा समाचार सम्प्रेषणको भरपर्दाे माध्यम अनलाइन न्युजहरु नै हुन भन्नेमा द्विविधा देखिदैन । हाम्रो आँटलाई तपाईं पाठक, शुभेच्छुक र विज्ञापनादाताहरुको दरिलो साथले फलदायी बनाएकाे अनुभूत गरिरहेका छौं ।
सफल आवाज डटकमले अर्थ, विकास, शिक्षा, स्वास्थ्य र सामाजिक जगतका समाचार निरन्तर प्रेषित गरिरहेकाे छ। लोकतन्त्र र प्रेस स्वतन्त्रताको पहरेदारी गर्नु मूल कर्तव्य हो भन्ने बोध गर्दै हामीले पत्रकारिताको अभ्यास गरिरहेकाे जानकारी गराउन चाहन्छाैं।
स्थापनाकालदेखि नै हामी समयानुसार परिस्कृत र खँदिला सामग्रीसहित अघि बढ्नुपर्छ भन्ने मान्यतामा दृढ रहिरहेका छौं । पत्रकारिताको मूलभूत सिद्धान्त र धर्मलाई कुनै पनि मूल्यमा सम्झौता नगर्न हामी सधैं प्रतिबद्ध छौं, रहिरहने छौंं । साथै आफ्ना कर्तव्य र व्यावसायिक धर्ममा किञ्चित बिचलित नहुने प्रतिबद्धतासहित यहाँहरुको निरन्तर सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं ।
दुर्गाप्रसाद हुमागाईं
प्रकाशक तथा प्रधान सम्पादक








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




