
टोकियो, १९ असोज । साने ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बन्ने तयारीमा छन् तर उनका विचारहरू अझै पनि गहिरो पितृसत्तात्मक समाजका लागि सामाजिक रूपमा रूढीवादी मानिन्छन् ।
मार्गरेट थ्याचरलाई आफ्नो प्रेरणा मान्ने ताकाइची शनिबार सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को प्रमुखमा निर्वाचित भइन् र सम्भवतः यही महिनाको अन्त्यमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्नेछिन्। उनले ‘नर्डिक देशहरूजस्तै’ महिला प्रतिनिधित्वसहितको मन्त्रिपरिषद् बनाउने वाचा गरिन्।
हालका प्रधानमन्त्री सिगेरू इसिबाको नेतृत्वमा दुई जना मात्र महिला मन्त्री थिए । ६४ वर्षीया ताकाइचीले महिलाको स्वास्थ्य सङ्घर्षका विषयमा जनचेतना बढाउने आशा व्यक्त गरिन् र रजोनिवृत्तिको आफ्नै अनुभवबारे खुलेर बोलिन्। यद्यपि, लैङ्गिक समानतासम्बन्धी उनका नीतिहरू अत्यन्तै रूढीवादी मानिन्छन् । उनिहाँ १९औँ शताब्दीको कानूनी प्रावधानमा भएको प्रस्तावित संशोधनको विरोधमा छन्, जसले विवाहित जोडीहरूलाई एउटै थर लिन बाध्य पार्छ । यस कारण धेरै महिलाहरू पतिको थर लिन बाध्य हुने गर्छन् ।
ताकाइची जापानको शाही परिवारले पुरुष–मात्र उत्तराधिकार प्रणाली कायम राख्नुपर्ने पक्षमा छन् र समलिङ्गी विवाहको समेत ‘मौलिक रूपमा विरोध’ गर्छिन्। टोकाई विश्वविद्यालयकी राजनीति तथा लैङ्गिक अध्ययन विज्ञ प्राध्यापक युकी सुजीका अनुसार ताकाइचीलाई महिला अधिकार वा लैङ्गिक समानतामा खास चासो छैन । उनले भनिन्, “त्यसैले अघिल्ला एलडिपी प्रशासनहरूका तुलनामा यस क्षेत्रमा ठूला नीतिगत परिवर्तनको सम्भावना छैन ।” सुजीका अनुसार महिला प्रधानमन्त्रीका रूपमा ताकाइचीको प्रतीकात्मक उपस्थिति ‘धेरै महत्त्वपूर्ण’ हुनेछ, तर यदि उनी असफल भए ‘महिला नेतृत्वबारे नकारात्मक धारणा अझै बलियो बन्न सक्छ ।’








पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन… 




