कुमुदिनी होम्समा खेलकुद सप्ताह सुरु

-



     सफल आवाज    
     मंसिर ७ गते २०८२ मा प्रकाशित



पाेखरा, ७ मंसिर । पोखरा महानगरपालिका वडा नम्बर ४ मा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयको आइतवारदेखि  ३९ औँ खेलकुद सप्ताह सुरु भएको छ ।

पोखरा रङ्गाशालामा सम्पन्न भएको उद्घाटन समारोह संस्थापक अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा सम्पन्न भएको थियो। विद्यार्थीहरूले मार्चपास, पि.टी. प्रदर्शन र स्वागत नृत्य समेत प्रस्तुत गरेका थिए ।

पहिलो दिनमा छात्र छात्रा लङ जम्प, त्रिपल जम्प, छेलो फ्याँक्ने, रिले दौड जस्ता विभिन्न एथलेटिक्सका खेलहरू सम्पन्न भएका छन् ।

यस खेलकुद अवधिभर विद्यार्थीहरूले कक्षागत, खुला तथा अन्तरसदनात्मक गरी विभिन्न बाईस विधामा प्रतिस्पर्धा गर्ने विद्यालयका अतिरिक्त क्रियाकलाप इन्चार्ज दिपेन्द्र थापा मगरले बताएका शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए।