
लेखनाथ, ७ मंसिर । डायमण्ड सेकेन्डरी स्कूल, पोखरा–२७, तालचोकमा अवस्थित आज वार्षिक खेलकुद कार्यक्रम २०८२ आयोजना गरेको छ।
कार्यक्रममा कक्षा नर्सरीदेखि यु.के.जीसम्मका विद्यार्थी र अभिभावकले उत्साहपूर्वक सहभागिता जनाए। “खेलकुदले बालबालिकाको सामाजिक, मानसिक र शारीरिक विकासमा विशेष भूमिका खेल्दछ“ भन्दै हरिमाया गुरुङ तथा कविता गुरुङले संयोजन गरेको कार्यक्रममा विभिन्न समूहगत तथा व्यक्तिगत प्रतियोगिता सञ्चालन गरिएको थियो।
अभिभावकहरूका लागि ‘म्युजिकल चेयर’ तथा ‘बालकलाई बोकेर दौड’ (नर्सरी), छात्राका लागि ‘झोला प्याक अप गर्ने दौड’, छात्रहरूका लागि ‘ब्यालेन्स दौड’, साथै ‘आफ्नो बच्चा चिन्नुहोस् दौड’ र ‘मिठाई दौड’ (यु.के.जी) तथा ‘दाम दौड’ जस्ता आकर्षक खेलहरू सञ्चालन भएका थिए।
विद्यालयका प्रधानाध्यापक यम बहादुर रोकाले बालबालिकाको सूक्ष्म शारीरिक सीपको अभिवृद्धि तथा समग्र दिगो विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण सहयोग पुर्याउने विचार व्यक्त गरे । यस कार्यक्रमले विद्यालय र अभिभावकबीचको सहकार्यलाई थप सशक्त बनाएको भन्दै धन्यवाद ज्ञापन विद्यालयका निर्देशक माधव शरण उपाध्यायले गरेका थिए ।
अतिरिक्त क्रियाकलाप प्रमुख अनिल गुरुङका अनुसार विद्यालयले खेलकुदका लागि डायमण्ड रनिंग शिल्डको आयोजना गर्न लागेको छ। कार्यक्रमको अन्तमा, विद्यालय प्रशासनको तर्फबाट विजयी प्रतियोगी विद्यार्थीहरू तथा अभिभावकहरूलाई पुरस्कार वितरण गरिएको शिक्षक राजन परियारले जानकारी दिए ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




