
पोखरा, १३ मंसिर । पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत शनिबारदेखि फुटसल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा छात्रहरुका विभिन्न समूहले आन्तरिक प्रतिश्पर्धा गरेका छन् ।
प्रतियोगिताको विद्यालयका प्राचार्य किरण सापकोटा, प्रतियोगिता संयोजक राकेश जोशी लगायतले उद्घाटन गरेका थिए । विभन्न ३६ वटा टिमले भाग लिएको प्रतियोगितामा कक्षा ११ र १२ का विभिन्न कक्षाबाट छात्रहरुले सहभागिता जनाएका थिए । विद्यार्थीभित्रको खेल क्षमता पहिचान गर्नका लागि प्रतियोगिता आयोजना गरेको प्राचार्य सापकोटाले बताए ।
‘विद्यालयले हरेक वर्ष खेलकुद सप्ताह गर्दै आएको छ । त्यही अन्तर्गत शनिबारदेखि फुटसल प्रतियोगिता थालेका छौं,’ सापकोटाले भने, ‘यसले खेलकुदमा क्षमता भएका विद्यार्थीले आफ्नो दक्षता देखाउन पाउनेछन ।’ फुटसल बाहेक विद्यालयले सप्ताहका अवसरमा खेलकुदका अरु गतिविधि पनि आयोजना गर्ने उनले बताए । अबको एकसाता प्रतिभा खेलकुदमय हुने पनि उनले बताए ।
प्रतियोगिता संयोजक जोशीका अनुसार विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनका विभिन्न सेक्सनका छात्रहरुले आपसी रुपमा टिम बनाएर प्रतियोगितामा भाग लिएका छन । ‘आन्तरिक प्रतिश्पर्धा भएपनि खेल क्षेत्रमा पहिचान बनाउने अवसर यस्तै प्रतियोगिताबाट पाउने हो । यसले खेलाडीाम रहेको खेल क्षमताको पहिचान हुनेछ,’ उनले भने । उनका अनुसार प्रतियोगिताका उत्कृष्ट हुने टिमलाई पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतिभा माविले आयोजना गरेको फुटसल प्रतियोगितामा बल दिएर प्रतियोगिता उद्घाटन गर्दै संयोजक राकेश जोशी








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




