
काठमाडौं, ९ वैशाख । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको एक प्रतिनिधि मण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीसँग भेटवार्ता गरेको छ।
अटोमोवाइल वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (MRP) सहितको स्टिकर टाँस्ने सम्बन्धमा विभागले हालै जारी गरेको प्रेस विज्ञप्तिका विषयमा केन्द्रित रहेर उक्त छलफल भएको हो।
नीतिको सराहना, कार्यान्वयनमा चासो
छलफलका क्रममा नाडा प्रतिनिधि मण्डलले विभागले २०८२ चैत ३० गते जारी गरेको विज्ञप्तिको स्वागत गरेको छ। विदेशबाट आयात गरिने वस्तुमा अनिवार्य रूपमा MRP उल्लेख हुनुपर्ने र बिक्री गर्दा बिल विजक जारी गर्नुपर्ने व्यवस्थाले बजारमा पारदर्शिता ल्याउने नाडाको ठहर छ।
तर, सो व्यवस्थालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न केही चुनौतीहरू रहेको भन्दै नाडाले महानिर्देशक ज्ञवालीलाई ध्यानाकर्षण पत्र बुझाएको छ। नाडाका प्रतिनिधिहरूले विशेष गरी दुईवटा प्रश्न उठाएका छन्: १. पुरानो स्टक: बजार र गोदाममा रहेका पुराना सामानहरूको हकमा के गर्ने? २. भन्सार विन्दु: भन्सार विन्दुमै स्टिकर टाँस्ने व्यवस्था कतिपय अवस्थामा प्राविधिक रूपमा कठिन हुने भएकाले यसलाई कसरी व्यवहारिक बनाउने?
सरकारको प्राथमिकता र विभागको अडान
जवाफमा महानिर्देशक रोशन ज्ञवालीले उपभोक्ता संरक्षण ऐनमा भएको व्यवस्था र वर्तमान सरकारको १०० बुँदे शासकीय योजना अन्तर्गत यो विषयलाई प्राथमिकतामा राखिएको बताउनुभयो। विभाग यस व्यवस्थालाई कडाइका साथ लागू गर्न प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।
महानिर्देशक ज्ञवालीले भन्नुभयो, “हामी कार्यान्वयनमा आउने व्यावहारिक गाँठा फुकाउन तयार छौँ, तर व्यवसायीहरूबाट पनि पूर्ण प्रतिबद्धता आउनुपर्छ। उद्योग र आयातकर्ताको हकमा विभाग कडा रूपमा प्रस्तुत हुनेछ।” साथै, विद्यमान कानुनमा सुधार आवश्यक भए नाडालाई स्पष्ट सुझाव दिन समेत उहाँले आग्रह गर्नुभयो।
सहभागिता
छलफलमा नाडाका तर्फबाट उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल, कोषाध्यक्ष पंकज अग्रवाल, सहकोषाध्यक्ष निलमणी पाठक, केन्द्रीय कार्य समिति सदस्य तथा स्पेयर पार्टस समितिका सभापति दिपेन्द्रकुमार मिश्र र केन्द्रीय कार्य समिति सदस्य नारायणप्रसाद पौडेलको उपस्थिति रहेको थियो।








काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन…
काठमाडौं, ६ मंसिर। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिको मुनाफाबाट बैंक तथा वित्तीय… 




