
सियोल, २४ वैशाख । दक्षिण कोरियामा पूर्वराष्ट्रपति युन सुक योलले लागू गरेको विवादास्पद मार्सल ल प्रकरणसँग सम्बन्धित मुद्दामा पूर्वप्रधानमन्त्री हान डक–सूमाथि सुनाइएको जेल सजाय उच्च अदालतले घटाएको छ । अदालतले विद्रोहमा संलग्न भएको आरोपलाई भने यथावत् कायम राख्दै उहाँको कैद सजाय २३ वर्षबाट घटाएर १५ वर्ष पुर्याएको हो ।
सियोल उच्च अदालतले बिहीबार सुनाएको फैसलामा हानले तत्कालीन राष्ट्रपति युनका अवैध कदमलाई वैधानिकता दिन सक्रिय भूमिका खेलेको निष्कर्ष निकालिएको छ । अदालतका अनुसार मन्त्रिपरिषद् बैठकमार्फत मार्सल ल अनुमोदन गराउने प्रक्रिया अघि बढाउनु तथा प्रमुख सञ्चार संस्थाहरूको पानी र बिजुली काट्ने योजनामाथि छलफल गर्नु राज्यविरुद्धको असंवैधानिक कदमलाई संस्थागत रूप दिन गरिएको प्रयास थियो ।
अदालतले हानमाथि लगाइएका अन्य आरोपहरू पनि पुष्टि गरेको छ । मार्सल ल घोषणासम्बन्धी दस्तावेज झुठो बनाएको, प्रमाण नष्ट गरेको तथा अदालतमा शपथपूर्वक झूट बोलेको आरोपमा उहाँ दोषी ठहर हुनुभएको छ । सियोल उच्च अदालतले आफ्नो फैसलामा हानको भूमिका अत्यन्त गम्भीर रहेको उल्लेख गरेको छ ।
अदालतले युन प्रशासनमा दोस्रो वरियताका अधिकारी रहेका हानले आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्नुको सट्टा विद्रोहमा सहभागिता जनाएको टिप्पणी गरेको छ । अदालतले ‘राष्ट्रप्रति भएको जिम्मेवारी त्यागेर असंवैधानिक कदमलाई सहयोग गर्नु गम्भीर अपराध’ भएको जनाएको छ ।








पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन… 




