सुनको मूल्य बढ्यो,यस्ताे छ आजकाे दर

-



     सफल आवाज    
     भाद्र २८ गते २०८३ मा प्रकाशित



काठमाडौं, २८ भदौ । आज बजारमा सुनको मुल्य फेरी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य १ हजार २ सयले बढेको हो ।

महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख १ हजारमा कारोबार भएको सुन आइतबार बढेर ३ लाख २ हजार २ सयमा कारोबार भएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य ६० रुपैयाँले बढेको छ । शुक्रबार ४ हजार ६ मा कारोबार भएको चाँदी बढेर आइतबार ४ हजार ६ सय ६० रुपैंया मा कायम भएको बताइएकाे छ ।