
काठमाडौं, २९ भदाै। साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधार आएको छ। अघिल्लो कारोबार दिन शुक्रबारको वृद्धिलाई निरन्तरता दिँदै यस दिन नेप्से २५.५५ अंकले बढेर २५८५.०४ विन्दुमा पुगेर बन्द भएको हो।
नेप्सेसँगै ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि ४.३४ अंकले बढेको छ। यस्तै फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५६ अंकले उकालो लागेका छन्।
परिसूचकसँगै यस दिन कारोबार रकममा पनि वृद्धि देखिएको छ। बजारमा ३३६ वटा स्क्रिपका १ करोड १५ लाख ९५ हजार कित्ता शेयर ४९ हजार ७४ पटक खरिदबिक्री हुँदा कुल ४ अर्ब ६८ करोड ८६ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार ४ अर्ब ३६ करोड रुपैयाँको शेयर कारोबार भएको थियो।

इन्फिनिटी लघुवित्तका लगानीकर्ताले धेरै कमाए, उपकार लघुवित्तकाले गुमाए
सोमबार इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६.४३ प्रतिशतले बढेको छ। त्यस्तै त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य करिब साढे ६ प्रतिशत र सृजनशील लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशतले बढेको छ।
अंक गुमाउने कम्पनीहरूतर्फ उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८.२३ प्रतिशतले घटेको छ।
एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २४ करोड ९० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यस्तै, लिबर्टी इनर्जीको करिब २४ करोड रुपैयाँ र सानिमा मिडिल तमोर हाइड्रोपावरको २० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
१२ उपसमूहमा हरियाली
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एउटा उपसमूह मात्र घटेको छ।
वित्त (फाइनान्स) उपसमूहको परिसूचक सर्वाधिक १.६७ प्रतिशतले बढेको छ। यसैगरी जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्। म्युचुअल फण्ड उपसमूहको परिसूचक भने यस दिन सामान्य अंकले घटेको छ।








पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन… 




