पोखरा फाइनान्सको १ करोड ९० लाख बढी कित्ता सेयर नेप्सेमा सूचीकृत

-



     सफल आवाज    
     भाद्र ३१ गते २०८३ मा प्रकाशित



काठमाडौं, ३१ भदाै। पोखरा फाइनान्स लिमिटेडको करिब २ करोड कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको मर्जर प्रक्रियाका कारण रोक्का रहेको कुल १ करोड ९० लाख १४ हजार ६८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

साबिकको पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड आपसमा १ः१ को सेयर स्वाप अनुपातमा गाभिएका (मर्जर) हुन्। मर्जर पश्चात् पोखरा फाइनान्स लिमिटेड (PFL) को नाममा कायम भएको प्रतिसेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैयाँ दरका उक्त सेयरहरू धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा दर्ता तथा सूचीकृत गरिएका हुन्।

सेयर सूचीकरणसँगै अब दोस्रो बजारमा कम्पनीको सेयर कारोबार फुकुवा भई लगानीकर्ताका लागि कारोबार खुला हुने भएको छ।