मुक्तिनाथ क्यापिटलले ल्यायो १ अर्बको ‘मुक्तिनाथ म्युचुअल फण्ड २’

-



     सफल आवाज    
     असाेज १ गते २०८३ मा प्रकाशित



काठमाडौं, १ असाेज। मुक्तिनाथ क्यापिटल लिमिटेडले आज (असोज १ गते) देखि आफ्नो दोस्रो म्युचुअल फण्ड ‘मुक्तिनाथ म्युचुअल फण्ड २’ को सार्वजनिक निष्काशन तथा बिक्री खुला गरेको छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको कुल १० करोड इकाई बिक्रीमा ल्याएको हो। यो एक १० वर्ष अवधिको बन्दमुखी (Closed-ended) योजना हो।

इकाई बाँडफाँट विवरण:

  • कोष प्रवर्धक (मुक्तिनाथ विकास बैंक): १ करोड ३० लाख इकाई (कुल बिक्री हुने इकाईको १३%)
  • योजना व्यवस्थापक (मुक्तिनाथ क्यापिटल): २० लाख इकाई
  • सर्वसाधारणका लागि: ८ करोड ५० लाख इकाई

आवेदन सम्बन्धी जानकारी:

  • न्यूनतम र अधिकतम इकाई: लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्।
  • निष्काशन अवधि: असोज ६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा पर्याप्त आवेदन नपरेमा असोज १५ गतेसम्म म्याद थप हुनेछ।
  • न्यूनतम बिक्री सीमा: तोकिएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् ५ करोड इकाईका लागि आवेदन परेमा मात्र इकाई बाँडफाँट गरिनेछ। न्यूनतम इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र आवेदकको रकम फिर्ता प्रक्रिया सुरु गरिनेछ।

कसरी दिने आवेदन? धोतोपत्र बोर्डबाट आस्वा (ASBA) अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूका साथै ‘मेरो शेयर’ (Mero Share) को वेब तथा मोबाइल एपमार्फत सहजै आवेदन दिन सकिनेछ। यस फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।