
काठमाडौं, २ असाेज । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेड (SAPIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्तावसहित पाँचौँ वार्षिक साधारण सभा आह्वान गरेको छ।
कम्पनीको सञ्चालक समितिको बैठकले असोज २५ गते आइतबारका दिन कैलालीको अत्तरिया, गोदावरीस्थित ‘होटेल जंगल स्पा प्रा.लि.’ मा दिउँसो १ बजे साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो।
साधारण सभाका मुख्य एजेन्डा तथा विवरण:
- लाभांश प्रस्ताव: हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश पारित गर्ने।
- सञ्चालक निर्वाचन: संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट १ जना गरी कुल ४ जना सञ्चालकको निर्वाचन गर्ने।
- अख्तियारी प्रदान: कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने।
बुकक्लोज र लाभांशको योग्यता:
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १३ गते मंगलबारका दिन एक दिन बुकक्लोज गर्ने भएको छ।
यसअनुसार असोज १२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र कम्पनीको वार्षिक साधारण सभामा सहभागी हुन र घोषित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।








काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन…
काठमाडौं, ६ मंसिर। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिको मुनाफाबाट बैंक तथा वित्तीय… 




