साताभरि सुनको मूल्यमा तीव्र उतारचढाव: तोलामा २ हजार १०० रुपैयाँले बढ्यो

-



     सफल आवाज    
     असाेज ३ गते २०८३ मा प्रकाशित



काठमाडाैं, ३ असाेज । पछिल्लो एक हप्ताको अवधिमा नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत भदौ २७ गते शनिबार प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको सुन, असोज २ गते शुक्रबारसम्म आइपुग्दा ३ लाख ३ हजार १०० रुपैयाँ पुगेको छ।

साताभरिको मूल्य तालिका

मितिप्रतितोला मूल्य (रु.)मूल्यमा आएको परिवर्तन
भदौ २७ (शनिबार)३,०१,०००–
भदौ २८ (आइतबार)३,०२,२००रु. १,२०० ले बढेको
भदौ २९ (सोमबार)३,०१,०००रु. १,२०० ले घटेको
भदौ ३० (मंगलबार)३,००,१००रु. ९०० ले घटेको
भदौ ३१ (बुधबार)३,०१,८००रु. १,७०० ले बढेको
असोज १ (बिहीबार)२,९९,५००रु. २,३०० ले घटेको
असोज २ (शुक्रबार)३,०३,१००रु. ३,६०० ले बढेको

साताको छैटौँ दिन (बिहीबार) सुनको मूल्य घटेर २ लाख ९९ हजार ५०० रुपैयाँसम्म झरेको भए तापनि अन्तिम दिन शुक्रबार एकैदिन ३ हजार ६०० रुपैयाँको ठूलो वृद्धि भएपछि समग्र साताको कारोबार उच्च बिन्दुमा बन्द भएको हो।