गरिमा बन्याे वित्तीय साक्षरतामा ‘सर्वोत्कृष्ट विकास बैंक’

-



     सफल आवाज    
     असाेज ४ गते २०८३ मा प्रकाशित



काठमाडौं, ४ असोज । नेपालका ‘ख’ वर्गका बिकास बैंकहरु मध्येबाट गरिमा विकास बैंक वित्तीय साक्षरतामा सर्वोत्कृष्ट विकास बैंकका रूपमा सम्मानित भएकाे छ ।

केटिएम भ्वाइसले शुक्रबार आयोजना गरेको वित्तीय साक्षरता समिट एण्ड अवार्ड कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र अर्थसचिव डा. घनश्याम उपाध्यायले गरिमाका सीईओ माधव आचार्यलाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए ।

नेपालमा पहिलो पटक केटिएम भ्वाइसले आयोजना गरेको राष्ट्रिय वित्तीय साक्षरता सम्मेलन एण्ड अवार्डको उद्घाटन खुत्रुके हस्तान्तरण गरेर गरिएको थियो । नेपालमै पहिलो पटक आयोजना गरिएको वित्तीय साक्षरता सम्मेलनमा उद्घाटन शत्रसहित ३ वटा सेसनहरु सञ्चालन भएकाे थियाे ।