
काठमाडौं, ११ असाेज। प्रतिनिधिसभा सदस्य राजिव खत्रीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरी छाडिएको विषयमा प्रहरी र सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद खत्रीले पक्राउ पुर्जीसमेत नदिई मध्यरातमा घरबाट नियन्त्रणमा लिने शैली गलत भएको बताएका छन्।
प्रहरीले जबरालाई ‘सुरक्षा थ्रेट’को कारण देखाएर नियन्त्रणमा लिइएको र पछि पक्राउको कारण गोप्य राखेर छाडिएको विषयमा प्रश्न उठाउँदै उनले लेखेका छन्, “चोलेन्द्रमाथिको सुरक्षा खतरा कसरी टर्यो पत्तै पाइएन।” बाढी वा डुबानका कारण सुरक्षित स्थानमा सारिएको भन्ने जस्ता तर्कहरू पनि असत्य सावित भएको उनको भनाइ छ।

नागरिकले असुरक्षा महसुस गरेमा सुरक्षाको प्रत्याभूति गराउनु राज्यको दायित्व भए पनि प्रहरीले अपहरणको शैलीमा घरबाट उठाएको आरोप सांसद खत्रीले लगाएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वप्रधानन्यायाधीश जबरा दुवैमाथि गरिएको प्रहरी कारबाहीको शैली गलत भएको उल्लेख गरेका छन्।
पूर्वप्रधानन्यायाधीश जबराका कार्यहरूमाथि नैतिक र आर्थिक प्रश्नहरू उठाउन सकिने र दोषी पाइएमा कारबाही हुनुपर्ने धारणा राख्दै उनले भनेका छन्, “चोलेन्द्रका कर्मलाई लिएर हजार प्रश्न गर्न सकिन्छ। नैतिक तथा आर्थिक पतन भएको छ भने बेहिसाब समातिनु पर्छ, त्यस्तै प्रकृतिका कथित नेताहरू पनि पक्रिनु पर्छ। तर पक्राउ पुर्जीसमेत नदिई मध्यरातमा समात्नु गलत भो।”
कानुनको सही पालना नभई स्वेच्छाचारी ढंगले अघि बढेमा सरकार र कानुनप्रतिको सर्वसाधारणको भरोसा गुम्ने चेतावनीसमेत सांसद खत्रीले दिएका छन्।








काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन…
काठमाडौं, ६ मंसिर। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिको मुनाफाबाट बैंक तथा वित्तीय… 




