
काठमाडौं, २० असाेज। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
अर्थ मन्त्रालयअन्तर्गत गठित नेप्सेको सीईओ छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका आधारमा परेका आवेदनहरूबाट चार जना उम्मेदवारलाई संक्षिप्त सूची (सर्टलिस्ट) मा समावेश गरेको हो।
समितिले आज एक सूचना जारी गर्दै सर्टलिस्टमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको कार्यतालिका सार्वजनिक गरेको छ।
सर्टलिस्टमा परेका उम्मेदवारहरू:
१. अनिल राज पौडेल
२. नवराज सापकोटा
३. नारायण प्रसाद सापकोटा
४. प्रताप सुवेदी
असोज २३ गते मन्त्रालयमा प्रस्तुतीकरण र अन्तर्वार्ता
छनोट समितिका अनुसार सर्टलिस्टमा परेका चारै जना उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता आगामी असोज २३ गते अर्थ मन्त्रालय, सिंहदरबारमा सञ्चालन हुनेछ।
उम्मेदवारहरूको अन्तर्वार्ता र प्रस्तुतीकरणको समय तालिका निम्न अनुसार तय गरिएको छ:
- अनिल राज पौडेल: बिहान ७:०० बजे
- नवराज सापकोटा: बिहान ८:०० बजे
- नारायण प्रसाद सापकोटा: साँझ ५:३० बजे
- प्रताप सुवेदी: साँझ ६:३० बजे
छनोट समितिले सर्टलिस्टमा परेका सम्पूर्ण उम्मेदवारहरूलाई तोकिएको समयभन्दा ३० मिनेट अगावै अर्थ मन्त्रालयस्थित अन्तर्वार्ता स्थलमा उपस्थित हुन निर्देशन दिएको छ।
कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको मूल्याङ्कनका आधारमा समितिले उत्कृष्ट तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ, जसमध्येबाट एक जना नेप्सेको नयाँ सीईओ नियुक्त हुनेछन्।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




