
ललितपुर, २१ असाेज। नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा ललितपुरको ग्वार्कोस्थित होटल टुलिपमा दुईदिने ‘पोलिसी डायलग अन इभिजन नेपालः ड्राइभिङ द फ्युचर’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
फोटोन नेपालको सहकार्यमा आयोजित उक्त कार्यक्रममा नीति निर्माता, सरकारी अधिकारी, अनुसन्धानकर्ता, उद्योग विशेषज्ञ, शिक्षाविद्, सञ्चारकर्मी तथा युवा नवप्रवर्तकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा पोलिसि तथा इकोनोमी, उद्योग तथा पुर्वाधार, सुरक्षा तथा दिगोपन र युवा तथा नवप्रवर्तनलाई मुख्य थिम बनाएर ईभीको वर्तमान अवस्था, नीतिगत सुधार, चार्जिङ पूर्वाधार, सुरक्षा, ब्याट्री व्यवस्थापन, वित्तीय प्रोत्साहन, सीप विकास र भविष्यको रणनीतिबारे विस्तृत छलफल गरिएको थियो।
अनुसन्धान प्रतिवेदन र नीतिगत सुझाव
कार्यक्रमको पहिलो सत्रमा नासा नेपालको तर्फबाट २००० भन्दा बढी सहभागीको सर्वेक्षण र ३० सरोकारवालाको अन्तर्वार्तामा आधारित अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो। रेज कन्सल्ट प्रालिका अनुसन्धानकर्ता प्रविण सिंह भण्डारीले प्रतिवेदन पेश गर्दै विद्युतीय सवारी साधनको प्रवर्द्धनका लागि वित्तीय प्रोत्साहन, चार्जिङ पूर्वाधार विकास, सुरक्षा मापदण्ड कार्यान्वयन, जनचेतना अभिवृद्धि, सार्वजनिक यातायातको विद्युतीकरण र संस्थागत समन्वय गरी छ वटा प्रमुख नीतिगत स्तम्भहरू अवलम्बन गर्न सुझाव दिएका थिए।
विशेषज्ञ तथा सरोकारवालाको धारणा
छलफलका क्रममा विभिन्न क्षेत्रका विज्ञहरूले आफ्ना धारणा राखेका थिए:
- एसएइ इन्डियाका अध्यक्ष डा. नागार्जुन गोविन्दन: ऊर्जा क्षेत्रमा लगानी, घरायसी चार्जिङको विस्तार र ईभीबारे सन्तुलित सूचना प्रवाहमा जोड दिए।
- यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक मणिराम भुसाल: ईभीको एडप्सन राम्रो रहेको बताउँदै टाइप अप्रुभल, मोटर ब्याट्री सुरक्षा, तेस्रो पक्ष परीक्षण तथा एबीएस, ईबीडी र एयरब्यागजस्ता सुरक्षा मापदण्ड अनिवार्य गर्ने तयारी भइरहेको जानकारी दिए।
- पूर्वाधार विकास समितिका अध्यक्ष आशिष गजुरेल: सरकारले ईभीमैत्री नीतिमा सडक सुरक्षा, चार्जिङ पूर्वाधार, ब्याट्री रिसाइक्लिङ र स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेको बताउँदै निजी तथा विदेशी लगानीकर्तालाई लगानी गर्न आग्रह गरे।
- पूर्वमन्त्री योगेश भट्टराई: सडक सुरक्षा, पूर्वाधार मापदण्ड, ईभीसम्बन्धी कानुनी स्पष्टता र राजस्व नीतिबीच सन्तुलन आवश्यक रहेको औंल्याए।
- बागमती प्रदेशका मन्त्री राजेन्द्रप्रसाद प्रजापति: इन्धन सवारीसाधनभन्दा बाहिर सोच्ने समय आएको भन्दै दिगोपन र सुरक्षामा सम्झौता नगरी ईभी प्रवर्द्धन गर्नुपर्ने बताए।
- नेपाल विद्युत् प्राधिकरणका सागर ज्ञवाली: अन्तरसहर चार्जिङ सञ्जालको आवश्यकता दर्शाउँदै ईभी क्षेत्रको प्रभावकारी नियमनका लागि छुट्टै स्वायत्त सरकारी निकायको आवश्यकता औँल्याए।
युवा नवप्रवर्तकलाई प्रोत्साहन
कार्यक्रममा नासा नेपालले नेपालमा निर्मित पहिलो हाइब्रिड गाडी बनाउने युवा शहजाद आलमलाई प्रोत्साहनस्वरूप सम्मान गर्दै नगद ३० हजार रुपैयाँ सहयोग प्रदान गरेको थियो।
अभियान र निष्कर्ष
एफआईए सेफ एण्ड सस्टेनेबल मोबिलिटी ग्रान्ट तथा एफआईए फाउण्डेशनको सहयोगमा सञ्चालित यस अभियान अन्तर्गत देशव्यापी रूपमा २ हजार सहभागीको सर्वेक्षण, ३० सरोकारवालासँग अन्तर्वार्ता, ४ वटा क्षेत्रीय डाइलग, १ राष्ट्रिय कार्यशाला र ९० जना पत्रकारलाई तालिम दिइसकिएको छ।
समापन सत्रमा पूर्वाधार विकास मन्त्रालयका सहसचिव ई. सुशीलबाबु ढकालले सरकारका योजनाहरूबारे जानकारी गराएका थिए। कार्यक्रमले विद्युतीय सवारीको सुरक्षित, व्यवस्थित र दिगो विस्तारका लागि सरकार, निजी क्षेत्र, प्राविधिक जनशक्ति र सरोकारवालाहरूबीच सहकार्य अनिवार्य रहेको निष्कर्ष निकालेको छ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




