
काठमाडाैं, २१ असाेज । सिटिजन्स क्यापिटल लिमिटेडको २०औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । संस्थाको २०औं साधारण सभाले आ.व.२०८२-८३ को मुनाफाबाट १३ प्रतिशत नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ ।
वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावहरुमा आ.व. २०८२-८३ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वासलात, नाफा–नोक्सानको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको सिटिजन्स क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सामूहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, धितोपत्र प्रत्याभूतिकर्ता, शेयर रजिष्ट्रार तथा डिम्याट खाता लगायत लगानीकर्तासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न पूँजी बजार सम्बन्धी कार्यहरू सञ्चालन गर्दै आइरहेको छ ।
यस कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको समेत लगानी रहेको छ भने कम्पनीको अध्यक्षमा राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृतमा सविर बादे श्रेष्ठ रहेका छन ।
काठमाडौं उपत्यका बाहिर रहेका लगानीकर्ताहरूलाई पूँजी बजारमा प्रत्यक्ष रूपमा सहभागी भई लगानी गर्न सहज पहुँचको आवश्यकता रहेको वर्तमान अवस्थामा, सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका देशभरका विभिन्न शाखा कार्यालयहरू मार्फत विभिन्न सेवाहरु समेत उपलब्ध गराउँदै आएको छ ।
यसबाट देशका विभिन्न भूभागमा रहेका लगानीकर्ताहरूलाई पूँजी बजार तथा व्यवस्थित लगानी सेवामा सहज पहुँच प्रदान गर्नुका साथै दीर्घकालीन तथा अनुशासित लगानी संस्कारको विकासमा समेत योगदान पु¥याउने उद्देश्य कम्पनीले लिएको छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




