रिज लाइन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     असाेज २२ गते २०८३ मा प्रकाशित



काठमाडौं, २२ असाेज । रिज लाइन इनर्जी लिमिटेड (RLEL) को लाभांश सुरक्षित गर्ने आज (असोज २२ गते, बिहीबार) अन्तिम दिन रहेको छ। कम्पनीले आगामी साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि (असोज २३ गते) एक दिनका लागि बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम शेयरधनीहरूले मात्र कम्पनीको आगामी साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

कम्पनीले आफ्नो पाँचौँ वार्षिक साधारण सभा आगामी कात्तिक १७ गते, मंगलबार बोलाएको छ। ललितपुर महानगरपालिका वडा नं. १ स्थित कुपण्डोल ब्याङक्वेटमा बिहान १० बजेदेखि सभा सुरु हुनेछ।

उक्त साधारण सभाले हाल कायम चुक्ता पूँजीको १०.५२ प्रतिशतका दरले हुन आउने १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने मुख्य प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभामा अन्य महत्त्वपूर्ण प्रस्तावहरू पनि पेस गरिनेछ, जसमा:

  • दूधपोखरी चेपे हाइड्रोपावरको ऋण कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंकमा दिइएको संस्थागत जमानत अनुमोदन गर्ने।
  • १२.५०४ मेगावाट क्षमताको मैवा खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन सर्वेक्षण अनुमति पत्र हस्तान्तरण वा बिक्री गर्ने।
  • सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने।
  • आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने।