सामसुङको ग्यालेक्सी ए०८ एलटीई सार्वजनिक, सुरुवाती मूल्य ३४,४९९ रुपैयाँ

-



     सफल आवाज    
     असाेज २२ गते २०८३ मा प्रकाशित



काठमाडौं, २२ असाेज। सामसुङ नेपालले ग्यालेक्सी ‘ए’ सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी ए०८ एलटीई (Galaxy A08 LTE) नेपाली बजारमा सार्वजनिक गरेको छ।

अत्याधुनिक एआई सुविधा, ६,००० एमएएचको शक्तिशाली ब्याट्री र ६ वर्षसम्मको सफ्टवेयर सपोर्टसहित आएको यस फोनको सुरुवाती मूल्य ३४,४९९ रुपैयाँ तोकिएको छ।

आकर्षक डिजाइन र डिस्प्ले

नयाँ ग्यालेक्सी ए०८ एलटीईमा ६.७ इन्चको डिस्प्ले र ८ मिलिमिटरको पातलो बडी दिइएको छ। धुलो तथा पानीका छिटाबाट सुरक्षा प्रदान गर्न यसमा आईपी६४ (IP64) रेटिङ दिइएको छ। यो फोन डार्क ब्लु, सिल्भर र ग्रिन गरी तीन आकर्षक रंगहरूमा उपलब्ध हुनेछ।

‘असम इन्टेलिजेन्स’ र ६ वर्षको सफ्टवेयर सपोर्ट

कम्पनीका अनुसार फोनमा सामसुङको ‘असम इन्टेलिजेन्स’ (Awesome Intelligence) अन्तर्गतका एआई (AI) सुविधाहरू समावेश गरिएका छन्। प्रयोगकर्तालाई लामो समयसम्म नवप्रवर्तन र सुरक्षा प्रदान गर्न सामसुङले यस मोडलमा ६ पुस्तासम्म अपरेटिङ सिस्टम अपग्रेड र ६ वर्षसम्म सुरक्षा (Security) अपडेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

मूल्य तथा भेरियन्टहरू नेपाली बजारमा ग्यालेक्सी ए०८ एलटीई तीनवटा स्टोरेज भेरियन्टमा उपलब्ध छ:

  • ४ जीबी र्याम + ६४ जीबी स्टोरेज: रु ३४,४९९
  • ४ जीबी र्याम + १२८ जीबी स्टोरेज: रु ४०,९९९
  • ६ जीबी र्याम + १२८ जीबी स्टोरेज: रु ४७,४९९

मासिक १,७२५ रुपैयाँबाटै शून्य प्रतिशत किस्ताबन्दी सुविधा

ग्राहकलाई फोन खरिद गर्न सहज बनाउन सामसुङले १२ महिनाको किस्ताबन्दी (EMI) सुविधा पनि ल्याएको छ। जसअन्तर्गत आधारभूत मोडलका लागि मासिक १,७२५ रुपैयाँदेखि किस्ता तिर्न सकिनेछ। किस्ताबन्दीमा फोन खरिद गर्नका लागि नागरिकताको प्रमाणपत्र मात्र आवश्यक पर्ने कम्पनीले जनाएको छ।