कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

-



     सफल आवाज    
     असाेज २२ गते २०८३ मा प्रकाशित



काठमाडौं, २२ असोज। कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ।

बैकका केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीका लागि बैंकमा निवेदन दिएपछि बैंकले बिक्री प्रक्रियाअघि बढाएको हो।

बैंकका अनुसार संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने व्यवस्था छ । सोहीअनुसार उनीहरूका लागि सेयर खरिदको अवसर दिइएपनि तोकिएको अवधिभित्र कुनै आवेदन नपरेपछि अब संस्थापक समूह बाहेकका इच्छुक लगानीकर्ताले समेत आवेदन दिन सक्नेछन्।