
काठमाडौं, २२ असोज। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिटिजन्स क्यापिटल लिमिटेडलाई नयाँ सामूहिक लगानी योजना ‘सिटिजन्स सुपर ५०’ सञ्चालनका लागि स्वीकृति प्रदान गरेको छ। बोर्डले असोज ७ गते उक्त योजना सञ्चालन गर्न अनुमति दिएको हो।
स्वीकृत योजनाको कुल आकार रु १ अर्ब रहेको छ। योजनाअन्तर्गत सिटिजन्स क्यापिटलले प्रतिइकाइ रु १० अङ्कित मूल्यका १० करोड इकाइ निष्कासन गर्ने तयारी गरेको छ। यो १० वर्ष अवधिको बन्दमुखी (Close-ended) सामूहिक लगानी योजना हो।
यस योजनाको कोष प्रवर्द्धकमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रहेको छ भने योजना व्यवस्थापकको रूपमा सिटिजन्स क्यापिटल लिमिटेड आफैँ रहेको छ। सिटिजन्स क्यापिटलले यसअघि पनि एउटा बन्दमुखी म्युचुअल फन्ड सफलताका साथ व्यवस्थापन गर्दै आएको छ।
नयाँ स्वीकृत योजना ‘सिटिजन्स सुपर ५०’ को इकाइ सर्वसाधारणका लागि बिक्री कहिलेदेखि खुला हुने भन्ने विषयमा भने क्यापिटलले थप विवरण र मिति चाँडै सार्वजनिक गर्ने जनाएको छ।








पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन… 




