
काठमाडौं, २२ असाेज । साताको चौथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकको सुधारसहित बन्द भएको छ। अघिल्लो दिन (बुधबार) सामान्य गिरावट आएको सेयर बजारमा बिहीबार भने दोहोरो अंक नभई सामान्य वृद्धि देखिएको हो।
यस दिन नेप्से परिसूचक २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा पुगेको छ। नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ०.८१ अंक, फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंकले उकालो लागेका छन्।
नेप्सेमा सुधार आएसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ। बुधबार ३ अर्ब ७४ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा बिहीबार ३५४ वटा कम्पनीको ४३ हजार ८१२ पटकको कारोबारमा ३ अर्ब ९३ करोड ५ लाख ६० हजार रुपैयाँबराबरको १ करोड १२ लाख ३३ हजार कित्ता सेयर कारोबार भएको छ।

कुथेली बुखरीको सेयरमा सकारात्मक सर्किट
बिहीबारको कारोबारमा कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीले १८ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताको आकर्षण बढेकाले सेयरमूल्य १० प्रतिशतले बढेको हो।
त्यस्तै, स्नो रिभर्सको सेयरमूल्य करिब ६.५ प्रतिशतले बढेको छ भने लक्ष्मी भ्यालु फण्ड २ र मेगा म्युचुअल फण्ड १ को इकाईमूल्य ६ प्रतिशतका दरले बढेको छ। यता सर्वाधिक गुमाउनेमा आरबिबि म्युचुअल फण्ड २ रहेको छ, जसको इकाईमूल्य ८.०७ प्रतिशतले घटेको छ।
घलेम्दी हाइड्रोको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा यस दिन पनि घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहन सफल भएको छ। उक्त कम्पनीको २६ करोड ६ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भयो। यस्तै, हिमाल दोलखा हाइड्रोपावरको १९ करोड रुपैयाँभन्दा बढी र पिपुल्स हाइड्रोपावरको १४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
८ उपसमूह हरियाली, ५ मा गिरावट
कारोबारमा आएका १३ उपसमूहमध्ये ८ वटाको परिसूचक बढेको छ भने ५ वटा उपसमूह घटेका छन्। यस दिन बैंकिङ्ग, विकास बैंक, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचकमा सामान्य सुधार देखिएको छ।








पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन… 




