
पोखरा, १७ कात्तिक । पोखरा-३, नदीपुर भिसिमार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा वार्षिक खेलकुद कार्यक्रम (स्पोर्ट्स मिट) सुरु भएको छ।
विद्यालयका अध्यक्ष सुरजप्रकाश प्रधानाङ्ग, प्राचार्य सैन्द्रराज श्रेष्ठ, प्रशासनिक प्रमुखहरू चित्र गुरुङ र झम गुरुङ, अतिरिक्त क्रियाकलाप निर्देशक तेज गुरुङ तथा एकेडेमिक हेड सेजल बिजुक्छेले संयुक्त रूपमा खेलकुद उत्सवको उद्घाटन गर्नुभएको थियो।
मङ्गलबारदेखि सुरु भएको यो खेलकुद कार्यक्रम शुक्रबारसम्म सञ्चालन हुनेछ। sports meet अन्तर्गत pre-primary देखि कक्षा १० सम्मका विद्यार्थीहरूले विभिन्न खेलहरूमा प्रतिस्पर्धा गर्ने विद्यालयका प्राचार्य सैन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो।
चार दिनसम्म चल्ने यस खेल उत्सवमा ह्यान्डबल, भलिबल, टेबल टेनिस, फुटसल, दौड, लङजम्प, डोरीतान लगायतका खेलहरू सञ्चालन हुनेछन्। प्रतियोगिताका खेलहरू विद्यालय परिसर, इलाइट एकेडेमी नदीपुर र पोखरा रङ्गशालामा आयोजना गरिनेछ।
विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद आवश्यक
उद्घाटन कार्यक्रममा अतिरिक्त क्रियाकलाप निर्देशक तेजबहादुर गुरुङले खेलकुद विद्यार्थीको सर्वाङ्गीण विकासको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै पढाइका साथसाथै विद्यालयले खेलकुद प्रतिनिधिलाई पनि प्राथमिकतामा राखेको बताउनुभयो। खेलकुदले विद्यार्थीलाई शारीरिक रूपमा स्वस्थ र मानसिक रूपमा सबल बनाउनुका साथै नेतृत्व क्षमता, समूहमा काम गर्ने बानी र हार-जितलाई सहज रूपमा स्वीकार गर्ने संस्कारको विकास गराउने उहाँको भनाइ थियो।
यस्तै, प्राचार्य श्रेष्ठले विद्यालयले विद्यार्थीको रुचि र क्षमताअनुसार विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्दै आएको बताउँदै यस प्रकारका स्पोर्ट्स मिटले विद्यार्थीभित्र रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
प्रतियोगिताको पहिलो दिन बास्केटबल, टेबल टेनिस, भलिबल लगायतका खेलहरू सम्पन्न भइसकेको खेल संयोजक उमेश खनालले जानकारी दिनुभयो।








काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन…
काठमाडौं, ६ मंसिर। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिको मुनाफाबाट बैंक तथा वित्तीय… 




