नेशनल प्याब्सन भक्तपुरले फुटसल प्रतियोगिता गर्ने

-



     सफल आवाज    
     मंसिर २५ गते २०७९ मा प्रकाशित



भक्तपुर, मंसिर २५ । नेशनल प्याब्सन भक्तपुरले जिल्लाव्यापी अन्तर विद्यालय फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी मंसिर २६ र २७ गते जिल्लाव्यापी अन्तर विद्यालय फुटसल प्रतियोगिता(२०७९, सुनपा ८, कांलाचामा रहेको हेल्थी फुटसलमा सञ्चालन हुनेछ ।

माध्यमिक र आधारभूत दुवै तहको एक-एक खेल समूहले आपसमा प्रतिस्पर्धा गर्ने उक्त फुटसल प्रतियोगितामा आधारभूत तहमा १६ विद्यालय र माध्यमिक तहमा १४ विद्यालयले खेल खेल्नेछन् । मंसिर २६ गते लिग चरणका सबै खेलहरु सम्पन्न हुने र मंसिर २७ गते क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलका खेलहरु सम्पन्न हुने नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले जानकारी दिए । २७ गते नै प्रथम, द्वितीय तथा तृतीय हुने खेल समूहलाई तक्मा तथा ट्रफी प्रदान गरिने बताइएको छ ।