जिल्लाव्यापी फुटसल प्रतियोगिताको उपाधि यूनिटी र ईडेन गार्डेनलाई

-



     सफल आवाज    
     मंसिर २८ गते २०७९ मा प्रकाशित



भक्तपुर, २८ मंसिर । नेशनल प्याब्सन भक्तपुरको आयोजनमा मंसिर २६ र २७ गते सम्पन्न भएको जिल्लाव्यापी अन्तर विद्यालय फुटसल प्रतियोगिता-२०७९ माध्यमिक तहमा यूनिटी स्कुल र आधारभूत तहमा ईडेन गार्डेन स्कुलले जितेका छन् ।

माध्यमिक तहमा विमल मेमोरियल विद्यापीठ स्कुल दोस्रो तथा आरक्षण नेशनल स्कुल र एसएस सदन स्कुल तेस्रो भए । आधारभूत तहमा दोश्रो स्थान विमल मेमोरियल विद्यापीठ तथा तेश्रो स्थान क्रमश डेमोस स्कुल र पारागन एकेडेमीले प्राप्त गरे ।

माध्यमिक तहको फेयर प्ले टिम उपाधी ईडेन गार्डेन स्कुल, उत्कृष्ट खेलाडि विमलका प्रशान्त थापामगर र उत्कृष्ट गोलकिपर यूनिटीका रुकेश खत्री घोषित भए । आधारभूत तहको फेयर प्ले टिमको उपाधि पारिजात विद्याकुन्ज स्कुल, उत्कृष्ट खेलाडी ईडेनका आयुष गौतम र उत्कृष्ट गोलकिपर विमलका मनिष राउत चुनिए ।

समापन कार्यक्रममा प्रमुख अतिथि नेशनल प्याब्सनका केन्द्रीय सह-अध्यक्ष सुवास न्यौपानेले विजयी खेलाडी र खेल समूहलाई शिल्ड प्रदान गरे । विशिष्ट अतिथि जिल्ला खेलकुद समितिका अध्यक्ष दिपक थापाले मेडल र उत्कृष्ट खेलाडीलाई भक्तपुर नेशनल प्याब्सनका अध्यक्ष संजय खड्काले प्रमाणपत्र प्रदान गरे । समापन कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय उपमहासचिव प्रकाश खड्का लगाएतको उपस्थिति रहेको थियो ।