फ्रान्स विश्वकप फुटबलको फाइनलमा, मोरोक्को २-० ले पराजित

-



     सफल आवाज    
     मंसिर २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ मंसिर । साविक विजेता फ्रान्स लगातार दोस्रो पटक विश्वकप फुटबलको फाइनलमा पुगेको छ। यसअघिकाे विजेता फ्रान्स अल बायत स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा मोरोक्कोलाई २–० गोलले पराजित गर्दै फाइनलमा पुगेकाे हो।

फ्रान्सको जितका लागि खेलको पाँचौं मिनेमा हर्नान्डेलले पहिलो गोल गरेका थिए। फ्रान्सका लागि दोस्रो गोल खेलको ७९ औं मिनेटमा राण्डल कोलो मुवानीले गरे । फ्रान्ससँग २–० ले हार खाएकाे मोरोक्को पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेकाे।

उपाधिका लागि फ्रान्सले अब अर्जेन्टिनासँग प्रतिस्पर्धा खेल्नेछ। विश्वकप फुटबलको फाइनल खेल आइतबार राति हुनेछ। पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले पराजित गरेको थियो। सेमिफाइनलमा फ्रान्ससँग पराजित भएकाे मोरक्को र अर्जेन्टिनासँग पराजित भएकाे क्रोएसियाबीच तेस्रो स्थानका लागि खेल खेलिने भएकाे छ।