विश्वकपको फाइनल खेल आज: कसले मार्ला बाजी ?

-



     सफल आवाज    
     पौष ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ पुस । कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनल खेल नेपाली सय अनुसार आज बेलुका पौने ९ बजे शुरु हुँदैछ । आजको खेलमा दुई पटक विश्वकप विजेताहरु फ्रान्स र अर्जेन्टिना तेस्रो पटक उपाधि जित्न भिड्दैछन् । यी दुवैले यसअघि समान २-२ पटक उपाधि जितिसकेका छन् ।

कतारको लुसियल आइकनिक स्टेडियममा हुने फाइनल खेलमा प्रतिस्पर्धा गर्ने अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। अर्जेन्टिनाले सेमिफाइनलमा गत  संस्करणको उप विजेतना क्रोएशियालाई पराजित गरेको थियो भने फ्रान्सले पहिलो पटक सेमिफाइनलमा पुगेको मोरोक्कोलाई पराजित गरेको थियो ।

विश्वकपको इतिहासमा फ्रान्सले सन् १९९८ र सन् २०१८ मा विश्वकप जितिसकेको छ । यस हिसाबले फ्रान्सले उपाधि रक्षाका लागि खेल्लेछ । अर्जेन्टिनाले सन् १९७८ र सन् १९८६ मा विश्वकप जितेको थियो । यस बाहेक अर्जेन्टिना सन् १९३०को पहिलो विश्वकप र १९९० र २०१४ को संस्करणमा विश्वकपको फाइनलमा पुगिसकेको छ । यस्तै फ्रान्स सन्