
काठमाडौं, ४ पुस । अर्जेन्टिना २०२२ काे विश्वकप फुटबलकाे च्याम्पियन बन्न सफल भएकाे छ ।
कतारमा आयोजना गरिएकाे फिफा विश्वकप फुटबलको फाइनल खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बन्न सफल भएकाे हो ।
अर्जेन्टिनाकाे याे जित तेस्रो पटककाे जित हाे । यसअघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि उचालेकाे थियो । फ्रान्स दइपटक लगातार उपाधि जित्नबाट पछाडी परेकाे छ । फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकपकाे उपाधि जितेकाे थियाे ।

कतारकाे लुसिल रगशालामा भएकाे खेल ९० मिनेटसम्मकाे अविधमा २-२ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि थपिएकाे ३० मिनेटमा दुबैको स्काेर बराबर ३-३ गोल भएपछि खेलकाे छिनाेफानाे पेनाल्टीसुटमा भएकाे हाे ।

अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरेका थिए । फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र गाेल गरे । किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्न सफल भएनन्।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




