अर्जेन्टिनाले जित्यो विश्वकप उपाधि

-



     सफल आवाज    
     पौष ४ गते २०७९ मा प्रकाशित



काठमाडौ, ३ पौष । अत्यन्त प्रतिस्पर्धा बिच अर्जेन्टिनाले विश्वकप उपाधि जितेको छ। मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई पछी पार्दै २२ औं विश्वकपको उपाधि जितेको हो।

फ्रान्सलाई ४-२ गोल अन्तरमा हराउँदै अर्जेन्टिनाले उपाधि जितेको छ ।

खेलको निर्धारित ९० मिनेटमा २-२ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा पनि थप १-१ गोल भयो । खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो। 

अर्जेन्टिनाका लियोनल मेसी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरेका थिए ।