२२ औं आहा ! रारा पोखरा गोल्डकपमा १० टिमले खेल्ने, पुरस्कार राशीमा वृद्धि

-



     सफल आवाज    
     पौष ५ गते २०७९ मा प्रकाशित



पोखरा ५ पुस । आहा रारा पोखरा गोल्डकप फुुटबल प्रतियोगितामा १० टिमको सहभागिता रहने भएको छ ।

पुस, १४ देखि २३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्र्मी क्लब, मछिन्द्र क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, BYSC, MN USA, धरान फुटबल क्लब र आयोजक सहारा क्लब पोखरा गरी १० टिमको सहभागिता हुने आयोजक सहारा क्लबले जनाएको छ ।

यस पटक पुरस्कार राशिमा पनि वृद्धि गरिएको छ । प्रथम पुरस्कारमा २ लाख थप गरि रु.१२ लाख र द्वितिय पुरस्कारमा १ लाख थप गरि रु.६ लाख बनाइएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए ।

प्रतियोगितालाई पहिलो संस्करण देखी नै बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गर्दै आइरहेको छ ।

प्रतियोगिताको कुल अनुमानित आम्दानी १ करोड ५९ लाख ५० हजार रुपैया र कुल अनुमानित खर्च १ करोड १३ लाख ५६ हजार रुपैयाँ अनुमान गरिएको छ । गत वर्षको विजेता एपीएफ क्लब र उपविजेता मनाङ मस्र्याङ्दी क्लब रहेको थियो