बैतडीमा टी–१० क्रिकेट प्रतियोगिता हुने

-



     सफल आवाज    
     पौष १० गते २०७९ मा प्रकाशित



बैतडी, १० पुस । बैतडीमा आगामी शुक्रबारदेखि टी–१० क्रिकेट प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता दशरथचन्द नगरपालिका–११ बगलेखानको खेल मैदानमा हुनेछ । 

नागार्जुन रणसैनी युवा क्लब बठ्ठाद्वारा आयोजना गरिएको १५औँ संस्करणको टी–१० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको  क्लबका बरिष्ठ सल्लाहकार श्यामबहादुर चन्दले जानकारी दिए । 

प्रतियोगिताको विजेता टोलीले २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीलाई  १५ हजार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । गत संस्करणको टी–१० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाल क्रिकेट क्लबले जितेको थियो ।