
पोखरा, १५ पुस । चर्च ब्वाइज युनाईटेड फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा स्थान बनाएको छ ।
पोखरा रंगशालामा शुक्रबार विभागीय टोली नेपाल पुलिस क्लबलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
चर्च ब्वाइजलाई जित दिलाउन अन्जन विष्ट र अन्नत तामाङले एक एक गोल गरे । निकै रोमान्चक खेलमा सुरुआती अग्रता पुलिसले बनाएको थियो ।
२५ औं मिनेटमा रबी पासवानले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ७७ औं मिनेटमा अन्जनले गोल गर्दै चर्च ब्वाइजलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिदा खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा अनन्तले गोल गर्दै चर्च ब्वाइजलाई २-१ को जित दिलाए । अन्जन र अनन्तले चर्च ब्वाइजका लागि डेब्यु खेलमै गोल गरेका हुन् ।
फरवार्ड अन्जन र डिफेन्डर अनन्तलाई चर्च ब्वाइजले हालै अनुबन्ध गरेको हो । आहा ! रारामा चर्च ब्वाइजको समेत यो डेब्यु खेल हो । अब चर्च ब्वाइजले क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




