
पर्वत, १३ कात्तिक । द क्लिफ प्रालिले कार्तिक १५ गते देखि बन्जी, स्वीङ र स्काइ साइक्लीङ लगायतका सहासिक खेल सञ्चालनको तयारी गरिएको बताएको छ । प्रालिले कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काइ साइक्लीङलगायतका सहासिक खेल सञ्चालनको तयारी गरेको कम्पनीका अध्यक्ष राजु कार्कीले बताएका छन् ।
५२५ मिटर लामो झोलुङ्गे पुलको बिचमा कालीगण्डकी नदिको ठिक माथी बन्जी र स्वीङको लागि जम्प गर्ने प्लेटफर्म निर्माण गरिएको छ । खोलादेखि पुलको उचाई २२८ मिटर अर्थात ७४८ फिट रहेको छ । बन्जी र स्वीङ दुबैको मूल्य ७ हजार तोकिएको छ । पोखरा देखी कुश्माको दुइतर्फी गाडीको सुबिधा सहित बन्जी वा स्वीङको ८ हजार ४ सय ५० रहेको छ । जोडि स्वीङको १२ हजार रहेको छ ।
गुलेली शैलीको पिङ

बन्जीकालागि निर्माण भएको पुलको उचाइ २२८ मिटर छ । सो भन्दा माथी बाइएको पिङको उचाइ नदीबाट २४८ मिटर छ । यो गुलेलीको शैलीमा निर्माण गरिएको छ । मान्छे पिङमा बसेपछि पछाडिबाट मेसिनले तानेर छोडिन्छ र पिङ मचिन्छ । चट्टान आरोहण लगायत साहसिक खेलमा प्रयोग हुने उच्च गुणस्तरको डोरिको प्रयोग गरिएको र दक्ष प्राबिधिकबाट डिजाइन गरि निर्माण गरिएको पिङ नेपालकै नमूना पिङ बनेको कार्कीको दाबी छ । पिङ खेल्न प्रतीब्यक्ति २५० रुपैयाँ लाग्नेछ ।
स्काइ साइक्लीङ

स्टील कोर केबल प्रयोग गरि स्काइ साइक्लीङ तयार गरिएको छ । कालीगण्डकी खोंचको स्काइ साइक्लीङ २२८ मिटर अग्लो छ । लम्बाई तीन सय मिटर छ । दुइतर्फी तीन सय मिटर लम्बाई रहेको रुटमा एक पटकमा दुई जनाले साइक्लीङ गर्न मिल्ने कार्कीले बताएका छन् ।








पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन… 




