माउन्न अन्नपूर्ण माविको ‘वीन्टर स्पोर्टस् क्याम्प’ सम्पन्न

-



     सफल आवाज    
     माघ ६ गते २०७९ मा प्रकाशित



पोखरा, ६ माघ । पोखरा महानगरपालिका वडा नं ३ भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माविले बालबच्चाका लागि आयोजना गरेको ‘वीन्टर स्पोर्टस् क्याम्प’ आज समापन गरिएको छ ।

‘माउन्ट अन्नपूर्ण : एक छिमेकी मैत्री विद्यालय’, आऔं ! खेलौं ! रमाऔं ! नाराकासाथ आयोजित स्पोर्टस् क्याम्पमा पोखराका विभिन्न वडाहरुमा रहेका २९ वटा संस्थागत तथा सामुदायिक विद्यालयका करिब २५० विद्यार्थीले सहभागिता जनाएका कार्यक्रम संयोजक अशोक कुमार शाहीले बताए । उनीहरु प्रि स्कुलका ३ देखि १४ वर्ष सम्मका रहेका थिए ।

पुसको ३० गतेबाट माघ ६ गते शुक्रबारसम्म आयोजना गरिएको खेलकुद कार्यक्रममा दौड, लङजम्प, ह्याण्डबल, बास्केटबल र बल थ्रो राखिएको थियो । साथै विद्यार्थीको रमाइलोका लागि जुम्बा किड्स समावेश गरिएको थियो ।

विद्यालयले माघ १४ गतेदेखि हरेक शनिबार विभिन्न खेलकुद गतिविधि हुने र यसमा ‘माउन्ट अन्नपूर्ण : एक छिमेकी विद्यालय’ अवधारणा अनुसार ‘हाम्रा विद्यार्थी, हाम्रो भविष्य’ भएकोले सहभागि हुन विद्यार्थी, अविभावकलाई अनुरोध गरेको छ ।

समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ३ का अध्यक्ष प्रकाश उदासले विद्यार्थीको पढाईको साथसाथै उनीहरुको सर्वाङ्गीण विकासमा टेवा पुर्याउने खेलकुदका गतिविधि गर्नु सह्रानिय भएको बताए । उनले खेलको विकासका लागि वडाले गर्नुपर्ने समन्वयमा कुनै कसर बाँकी नराख्ने बताए ।

सम्पूर्ण संघ, संस्थाहरुको तर्फबाट वडा नं ३ का वडा सदस्य सनकमान सिकेले विद्यार्थीको वौद्धिक विकासdf खेलकुद सहयोगि हुने र स्वस्थ हुन सघाउने बताए ।

एक हप्तासम्म चलेको जाडो मौसमको खेलकुद कार्यक्रमका विजेता ९३ जना विद्यार्थीलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रमुख अतिथि उदास, विशेष अतिथि सनकमान सिके, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तथा गण्डकी खेलकुद परिषदका निवर्तमान सदस्य सचिव तेज बहादुर गुरुङ, नेपाल एथलेटिक संघका केन्द्रीय सदस्य गम बहादुर गुरुङ, गीतकार, पत्रकार आरजू विष्ट सल्यानी, सूर्योदय युवा क्लवका अध्यक्ष सडङ्ग घिमिरे, फिमला आमा समूहका अध्यक्ष रुपा तिलिजा, वालमन्दिर आमा समूहका अध्यक्ष शारदा पौडेल, विद्यालय संचालक समितिका अध्यक्ष सुरजप्रकाश प्रधानाङ्ग, प्राचार्य सइन्द्रराज श्रेष्ठ र कार्यक्रम संयोजक अशोक कुमार शाहीले मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।

विद्यालयका शिक्षक नवराज शर्मा पौडेलले संचालन गरेको कार्यक्रम विद्यालय संचालक समितिका अध्यक्ष सुरजप्रकाश प्रधानाङ्गको अध्यक्षतामा भएको थियो ।