
१८ माघ, पोखरा । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका सदस्यहरुको नयाँ ग्रेडिङ सार्वजनिक गरेको छ । हालै पोखरामा सम्पन्न कार्यसमितिको बैठकले जनवरी २०२४ देखि जुन २०२३ सम्मका लागि १८ जना पुरुष र १२ जना महिला खेलाडीलाई करारमा राख्ने निर्णय गरेको छ ।
नयाँ वर्गीकरण अनुसार रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी र आशिफ शेख ग्रेड एमा परेका छन् । यसैगरी आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल ग्रेड बीमा परेका छन् । कमल सिंह ऐरी, विनोद भण्डारी, गुल्सनकुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादवलाई ग्रेड सीमा राखिएको छ ।
महिलातर्फको वर्गीकरण अनुसार ए ग्रेडमा रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा रहेका छन् । यसैगरी काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य, कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम बी ग्रेडमा परेका छन् ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




