क्रिकेटर सन्दिप राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा

-



     सफल आवाज    
     माघ १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ माघ । क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सहभागी भएका छन्। आज उननी अभ्यास खेलका लागि सहभागि भएका हुन्।

नाबालिका बलात्कारकाे आरोप लागेका सन्दीपकाे निलम्बन फुकुवा भएपछि क्यानले उनलाई बन्द प्रशिक्षणमा बोलाएको बताइएकाे छ ।

उच्च अदालत पाटनले उनलाई रुपैयाँ २० लाख धरौटीमा रिहा गरेपछि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीपकाे बारेमा क्यानको बैठकले उनीमाथि लगाइएकाे निलम्बन फुकुवा गरेको थियो।

उताल उनले खेल खेल्न पाउने नपाउने बारेमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपालको कानुनले मान्यता दिए सन्दीपलाई खेलमा सहभागि गराउन कुनै समस्या नहुने बताइसकेकाे छ।

पहिलाे दिनमा आज उनले थाेरै समय अभ्यास खेल खेलेका थिए । नेपालले आगामी फेब्रुअरी १४ देखि त्रिवि क्रिकेट मैदानमा आयोजना हुने नामिबिया र स्कटल्याण्डसँगको त्रिदेशीय एकदिवसीय श्रृंखला खेल्नका लागि अभ्यास शुरु गरेकाे छ।