
भक्तपुर, २० माघ । ईप्सन भक्तपुरले माघ १६ देखि १८ गतेसम्म आफ्ना सदस्य विद्यालयहरु बीच इप्सन ओलम्पिक सम्पन्न गरेको छ । विभिन्न ७ वटा विधामा प्रतिस्पर्धा भएको उक्त ईप्सन ओलम्पिकमा ग्लोबल स्कुल प्रथम, मदरल्याण्ड स्कुल द्धितीय, सूर्योदय स्कुल र ईडेन गार्डेन स्कुलले तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।
ईप्सन भक्तपुर अन्तर्गतका ११ वटा विद्यालयहरु मध्ये १० वटा विद्यालयले सहभागिता जनाएको सो ओलम्पिकमा माध्यमिक तह छात्रा तर्फको पोर्टबलमा मदरल्याण्ड स्कुलले गोल्ड, ग्लोबल एकेडेमीले सिल्भर, क्वालिटी स्कुल र सूर्योदय स्कुलले ब्रोन्ज मेडल जितेका थिए ।
माध्यमिक तह छात्र तर्फको फुटसलमा ग्लोबल एकेडेमीले गोल्ड, सूर्योदय स्कुलले सिल्भर, मदरल्याण्ड स्कुल र विमल मेमोरियल स्कुलले ब्रोन्ज मेडल प्राप्त गरेका थिए । आधारभूत तह खुल्ला बाइ साइकल ब्यालेन्सिङमा मदरल्याण्ड स्कुलले गोल्ड र ब्रोन्ज मेडल तथा सूर्योदय स्कुलले सिल्भर र ब्रोन्ज मेडल जित्न सफल भए । खुल्ला लङजम्पमा विमल मेमोरियल स्कुलले गोल्ड, ईडेन गार्डेनले सिल्भर, मदरल्याण्ड स्कुल र सूर्योदय स्कुलले ब्रोन्ज मेडल हासिल गरे ।
साथै कक्षा १, २ र ३ का छात्रछात्रा बीचको वाटर फिलिङ खेलमा ईडेन गार्डेनले गोल्ड, ग्लोबल एकेडेमीले सिल्भर, ईडेन र मदरल्याण्ड स्कुलले ब्रोन्ज मेडल प्राप्त गरेका थिए । दौड १०० मिटरमा कक्षा ४ र ५ को छात्रा तर्फ सूर्योदय स्कुलले गोल्ड र ब्रोन्ज, ईडेन गार्डेनले सिल्भर तथा पारिजात स्कुलले ब्रोन्ज मेडल हात पारेका थिए ।

त्यसै गरी छात्र तर्फ ग्लोबल स्कुलले गोल्ड, पारिजात स्कुलले सिल्भर र ईडेन गार्डेन स्कुलले २ वटा ब्रोन्ज मेडल जित्न सफल भएका थिए । उल्लेखित सबै खेलको अंक गणना गरी स्कुल प्रथम, द्धितीय र तृतीय गरी छुट्याइएको ईप्सन भक्तपुरका सचिव विजय कर्मचार्यले जानाकारी दिए ।
कार्यक्रममा समापन तथा पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले शिल्ड प्रदान गरेका थिए । सभाध्यक्ष एवं ईप्सनका अध्यक्ष जिबि खड्काले मेडल लगाइ दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि थापाले निश्चित स्कुलहरुको सानो समूहले पनि यस्तो प्रकारको खेलकूद प्रतियोगिता सम्पन्न गरेकोमा प्रशंसा गर्दै शुभेच्छा प्रदान गरे ।
साथै ईप्सन अध्यक्ष खड्काले ईप्सन भित्रका सबै सदस्य विद्यालय एउटै घर भित्र रहेकाले विजेता जुनै स्कुल भए पनि जित विद्यार्थीहरुको नै हुने बताउँदै यस्ता प्रतियोगिता निरन्तर गरिने उदघोष गरे । उनले ईप्सन ओलम्पिक प्रतियोगिताको संयोजन गर्ने संस्थाका सचिव विजय कर्मचार्यलाई प्रशंसा पत्र प्रदान गरे ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




