
पोखरा, २० माघ । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितालाई सफल बनाउने बिषयमा नेपाल भूतपूर्व खेलाडी मञ्चले शुक्रबार वडा नं. ९ का वडावासीहरू सँग छलफल गरेको छ ।
नेपाल भूतपूर्व (भूपू) खेलाडी मञ्चको आयोजनामा फागुन ६ गते पोखरामा आयोजना हुने १७ औं संस्करणकोे प्रतियोगितलाई सफल पार्न मञ्चले महानगरपालिकाका विभिन्न वडावासीहरू संग छलफल गर्दै आइरहेको छ ।
मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले आ–आफ्नो घर नजिक स्वागतद्धार, व्यानर र घडाले खेलाडीहरूलाई स्वागत गरी उनिहरूको मनोवल बढाउन टोल विकास संस्थाका पदाधिकारीलाई आग्रह गरे । म्याराथन सिटीको पहिचान भएकाले पोखरा महानगरले यसको अपनत्व लिनुपर्ने बताए । उनले खुला म्याराथन, हाफ म्याराथनको रूटबारे जानकारी गराएका थिए ।
प्रतियोगिताका सहसंयोजक उत्तम जोशीले म्याराथनलाई सफल बनाउन टोल विकास संस्थाहरूको भूमिका महत्वपूर्ण हुने बताए । म्याराथनले पर्यटन क्षेत्रमा पनि सघाउ पु¥याउने भएकाले सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
वडा अध्यक्ष दीपेन्द्र मर्सानीले प्रतियोतिलाई सफल पार्न वडाको तर्फवाट पूर्णरूपमा सहयोगको प्रतिबद्धता जनाए । खुला म्याराथन ४२.१९५ किलोमिटर, २१.०९७ किलोमिटर हाफ म्याराथन महिला प्रतियोगिता हुने छ ।
महिला÷पुरुष १० किमि दौड, विद्यालय स्तरीय छात्र÷छात्रा ५ किमि, महिला÷पुरुष ह्विल चियर तथा दृष्टिविहिन दौड र ‘रन फर फन’ समेत आयोजना हुने छ ।
खुला म्याराथन विजेताले ५ लाख, दोस्रो हुनेले ३ लाख र तेस्रो हुनेले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । महिला हाफ म्याराथन विजेताले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
यस वर्षदेखि पोखरा म्याराथनले म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स) को मान्यता प्राप्त गरेको छ । प्रतियोगितालाई सुजल डेरी प्रा.लि.ले २०७२ देखि मुख्य प्रायोजन गर्दै आइरहेको छ । प्रतियोगिता सम्पन्न गर्न ९३ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




