
काठमाडौं, २३ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ ९क्यान०का अनुसार छनोट समितिको सिफारिसमा देसाईलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको हो ।
मुख्य प्रशिक्षकका लागि २४ जनाले आवेदन दिएकोमा अन्तिम चरणमा ५ जना छनोट भएका थिए । उनीहरूमध्ये विश्व क्रिकेटकै एक सफल प्रशिक्षक मानिने देसाईलाई क्यानले नियुक्त गरेको हो । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० र खेलकुद मन्त्रालयले स्वीकृति दिएपछि क्यानले देसाईको आधिकारिक निर्णय गरेको बुझिएको छ ।
सन् २०१५ को आईसीसी टी–२० विश्वकप छनोटमा पुरुष राष्ट्रिय क्रिकेट टिममा सहभागी रहेका देसाईले सन् २०१७ मा १९ वर्ष मुनिको पुरुष राष्ट्रिय क्रिकेट टिमको ब्याटिङ कन्सल्ट्यान्ट रहेर काम गरिसकेका छन् । यसिबाहेक उनले यसअघि वेस्टइन्डिज, अफगानिस्तान, युएई, क्यानडालगायत देशका राष्ट्रिय टिमलाई प्रशिक्षण दिइसकेका छन् ।
साथै इन्डियन प्रिमियर लिगमा देसाई गुजरात, राजस्थान र पन्जाब टिममा प्रशिक्षक रहिसकेका छन् । मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन रहेको अवस्थामा प्रक्रिया पुर्याएर देसाईलाई नियुक्त गरिएको हो ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




