फागुनमा कोरोनाविरुद्धको १५ लाख खोप नेपाल आउँदै

-



     सफल आवाज    
     माघ २४ गते २०७९ मा प्रकाशित



२४ माघ, काठमाडौं । सरकारले फागुनमा कोरोनाविरुद्धको १५ लाख खोप ल्याउने भएको छ । कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रणमा समेत काम गर्ने भनिएको फाइजरको नयाँ (बाइभ्यालेन्ट) खोप फागुनको पहिलो साता नेपाल आउने बताइएको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार सराकारले कोभ्याक्सको काम गरिरहेको गाभीमार्फत १५ लाख डोज फाइजरको नयाँ खोप ल्याउन लागेको हो । उक्त खोप फागुन १ गतेदेखि ४ गतेसम्म आउने कार्यतालिका रहेको बताइएङ्छको छ । शुरुमा १५ लाख ल्याएर पछि आवश्यकताको आधारमा थप १५ लाख ल्याइने विभागले जनाएको छ ।

छिमेकी देशमा चीनमा ओमिक्रोनको उपप्रजाति बी।एफ। ७ फैलिरहेकाले सरकारले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गर्दै आएको छ । विज्ञहरुका अनुसार ओमिक्रोनका सबभेरिन्यटको संक्रमणलाई रोक्न बाइभ्यालेन्ट खोप बढी प्रभावकारी छ ।

खोपको पूर्ण मात्रा पूरा गरिसकेका व्यक्तिमा ६ महिनाभन्दा बढी समय बित्दै जाँदा खोपको रोग प्रतिरोधात्मक क्षमतामा पनि क्रमशः ह्रास हुँदै जाने भएकाले नेपालमा पनि तेस्रो डोज लगाएको एक वर्षभन्दा बढी भइसकेकाले पुनः खोप दिनुपर्ने आवश्यकता भएको संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीको भनाइ छ ।