
रुपन्देही, २५ माघ । रुपन्देहीको सियारी गाउँपालिकास्थित छपिया स्वास्थ्य चौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा सुरु भएको छ । गर्भवती, शिशु तथा अन्य बिरामीको स्वास्थ्य परीक्षणका लागि अल्ट्रासाउण्ड सेवा सुरु गरिएको हो । लुम्बिनी प्रदेश सरकारले अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको हो ।
अल्ट्रासाउण्ड सञ्चालनका लागि प्रदेश तालिम केन्द्रले सियारी गाउँपालिकालाई छनोट गरी तालिम दिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीले जानकारी दिए । उक्त मेसिन गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले आज एक कार्यक्रमका बीच सियारी–४ का वडाध्यक्ष श्रीराम यादवलाई प्रदान गरेका हुन् ।
छपियामा जडान गरिएको उक्त अल्ट्रासाउण्ड मेसिनले पालिकाभित्रका सम्पूर्ण स्वास्थ्य संस्थामा घुम्ती सेवाका रुपमा सेवा प्रदान गर्ने स्वास्थ्य निरीक्षक ललिता पुनले जानकारी दिइन् । सियारीमा पाँच वटा स्वास्थ्यचौकी, दुई वटा आधारभूत स्वास्थ्य चौकी, एउटा सामुदायिक स्वास्थ्य केन्द्र र एउटा आयुर्वेदिक स्वास्थ्य संस्था छन् ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




